पर्यटक र सर्वसाधारण पुरुषहरूको बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिएको आरोपमा ठमेलबाट तीन विदेशी महिला पक्राउ परेका छन्।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शनिबार युगान्डाका तीन महिलालाई नियन्त्रणमा लिएको हो। सम्झाइबुझाइ गर्दा उनीहरूले प्रहरीमाथि नै अपशब्द प्रयोग गरी गालीगलौज र धक्का मुक्का गरेको बताइएको छ।
पक्राउ परेका तीनैजनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।