हालै कक्षा १२ उत्तीर्ण गरेका युवाहरू निरभ भट्ट र निल्सन महर्जनद्वारा स्थापित अनलाइन युवा मिडिया प्लेटफर्मले संवाद, मिडिया र सामाजिक कथनका माध्यमबाट उल्लेखनीय काम गरिरहेको छ। अनुसन्धान, लेखन तथा दृश्य सामग्रीमार्फत युवाहरूलाई सक्रिय गराउँदै यस प्लेटफर्मले युवा केन्द्रित ज्ञान र अभिव्यक्तिको वातावरण निर्माण गरेको छ।
यसै पहलअन्तर्गत सञ्चालित ओपन थट्स नेपालले ६ महिनाको छोटो अवधिमा ९० भन्दा बढी सक्रिय सदस्यहरूलाई आबद्ध गरिसकेको छ। यस विकेन्द्रीकृत युवा सञ्जालले शिक्षा, नागरिक मुद्दा, संस्कृति तथा सामाजिक सचेतनासम्बन्धी १८० भन्दा बढी लेख तथा सामग्रीहरू उत्पादन गरिसकेको छ। यसमा देशका २० भन्दा बढी जिल्ला र १० भन्दा बढी शैक्षिक संस्थाका विद्यार्थीहरूले अनुसन्धान, कथन र सार्वजनिक संवादमा आधारित सहयोगी प्रणालीमार्फत सहभागिता जनाएका छन्।
यसैगरी, यसै अभियान अन्तर्गतको दृष्टि कलेक्टिभ– डकुमेन्ट्रि इनिसियटिभले नेपाली संस्कृति विशेषगरी नेवारी परम्परा, परम्परागत कला र आदिवासी वास्तुकला सम्पदाको दस्तावेजीकरणका लागि वृत्तचित्रहरू निर्माण गर्दै आएको छ।