नेपाल खाद्य किराना व्यवसायी संघको वार्षिक समारोह तथा अधिवेशनले देवेन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंकप्रसाद शेरचन, महासचिवमा ओमप्रकाश बंसल, सचिवमा दीपककुमार फैजू, कोषाध्यक्षमा नरेशकुमार गोयल तथा सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता चयन भएका छन् । सदस्यहरू पवनकुमार अग्रवाल, राजेशकुमार हरिलाल, पवनकुमार कलवार, रविकुमार गुप्ता र गौरव सिंघानिया रहको संघले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न संघ सक्रिय रहने बताए । उनले देशभरका व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यावसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।