सिराहाको गोलबजार नगरपालिका– ३, गागन खोलामा अवैध उत्खनन गरी गिट्टी, बालुवा लोड गरिएका ६ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गागन खोलामा अवैध उत्खनन गरी लोड गरिएका ६ वटा टिपर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरीले प्र. १–०२–००२ ख ११२५, प्र. १–०२–००१ क ४८९५, प्र. २–०१–००१ ख ०१३७, लु. प्र. ०२–००१ ख ०२९२, ना.१क ९७५१ र ना.१ क ८७३९ नम्बरको टिपर नियन्त्रणमा लिएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार नियन्त्रणमा लिइएका टिपर आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको र फरार चालकहरूको खोजी भइरहेको छ।