बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

नियुक्तिपछि उनले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो।

तीमध्येबाट डा. सिंह अध्यक्षमा नियुक्त भएका हुन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाशप्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन्। 

पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

सुझावित समाचार