नेपाल लाइफले पायो गोल्ड अवार्ड

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । कम्पनीलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीणरमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका हुन् । 

गत आवको वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै कम्पनीलाई उक्त सम्मान गरिएको हो ।

यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्ने बताइएको छ । 

सुझावित समाचार