श्रीमती हत्या आरोपमा नेपाली ब्रो भनिने कुमार थापामगरविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको छ। श्रीमती ईश्वरी भुजेललाई लखेटी–लखेटी क्रूर तरिकाले हत्या गरिएकोमा उनीविरुद्ध जन्मकैद सजायको माग गरिएको छ।
थापासहित उनकी प्रेमिका प्रतीक्षा आचार्य, भाइ विक्रम थापामगर र साथी पूजन थापा क्षेत्रीलाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूले समेत हत्यामा उकासेको आरोप छ।
गत २२ जेठमा थापाले चक्कुले घाँटी रेटेर श्रीमतीको हत्या गरेका थिए। सो दिन अदालतमा मुद्दाको पेसी रहेको र सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिन आग्रह गर्दा नमानेका, फोनसमेत नउठाएपछि आफूले हत्या गरेको उनले बयान दिएका छन्। प्रतीक्षा आफ्नो प्रेमिका भएको उनले स्वीकार गरेका छन्।
अभियोगपत्र र बयान: