नेपाल लाइफलाई ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’अन्तर्गत गोल्ड अवार्ड

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहँदा ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड– २०२५’ अन्तर्गत ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा मंगलबार होटेल याक एन्ड यतीमा आयोजित एक समारोहबिच उक्त अवार्ड प्रदान गरिएको थियो। नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए।

आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनलाई आधार मानी कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ।

यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गरेको कम्पनीको दाबी छ।

सुझावित समाचार