आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो उत्कृष्ट वित्तीय प्रतिवेदन र पारदर्शिताका लागि प्रतिष्ठित सम्मान पाएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा प्रदान गरिने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत कम्पनीले ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरेको हो।
काठमाडौंस्थित होटेल याक एन्ड यतीमा मंगलबार आयोजित एक समारोहबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले सो अवार्ड संयुक्त रूपमा ग्रहण गरे।
यो अवार्ड कम्पनीले आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनमा देखाएको उत्कृष्ट प्रस्तुति र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका लागि दिइएको हो। आइक्यानले प्रतिवेदनको मूल्यांकन गर्दा वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू (एनएफआरएस) तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालनालाई मुख्य आधार बनाएको थियो।
यो सम्मानले आइएमई लाइफले वित्तीय जवाफदेहिता र पारदर्शितालाई संस्थागत रूपमै आत्मसात् गर्दै आएको प्रमाणित गरेको कम्पनीको दाबी छ।