तुँदी पावरको आइपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

तुँदी पावर कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीका आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको हो ।

तुँदी पावरले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका एक करोड कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । धितोपत्र बिक्रीसम्बन्धी सम्झौतामा तँुदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सुझावित समाचार