पेट्रोल २०, डिजेल ३०, हवाई इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिन्डर घट्यो

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

 नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी पेट्रोल २० डिजेल तथा मट्टीतेल ३० र हवाई इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ।

खाना पकाउने एलपी ग्यास १ सय रुपैयाँ प्रतिसिलिन्डर घटेको छ। मूल्य घटेपछि पेट्रोल १ सय ९७, डिजेल तथा मट्टीतेल १ सय ९५ र आन्तरिक हवाई इन्धन २ सय २९ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास २ हजार ६० रुपैयाँ प्रतिसिलिन्डर कायम भएको छ।

मध्यपूर्वमा युद्धविरामको सहमतिसँगे अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि आयल नियमले मूल्य समायोजन गरेको हो। 

सुझावित समाचार