प्राइम कमर्सियल बैंक लिमिटेडले हिमालयन इन्जिनियरिङ एन्ड इनर्जीद्वारा प्रवर्द्धित दुई मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट डिपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन् ।
यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख छ । यसमा बैंकले ६१.६६ः३८.३४ को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्द्धक कम्पनीबाट जुटाइने सम्झौतापत्रमा उल्लेख छ ।
उक्त आयोजनाबाट सुक्खा याममा ४.८६४ र वर्षा याममा ८.३१९ गरी जम्मा १३.१८ गिगावाट विद्युत् उत्पादन गर्ने जनाइएको छ । यो आयोजना १५ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।