एन्फाको बेथिति र भ्रष्टाचार छानबिन गर्दै राखेप

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

राखेपले एन्फाको बेथिति र भ्रष्टाचारको छानबिन गर्ने भएको छ । एक महिनाअगाडि उपाध्यक्षमा नियुक्त गोलकिपर विशाल श्रेष्ठको संयोजकत्वमा पाँचसदस्यीय समिति बनेको थियो।

एन्फाविरुद्ध गम्भीर आरोपसहित उजुरी परेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाविरुद्ध गम्भीर आरोपसहित उजुरी परेपछि सो विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न राखेपलाई निर्देशन दिएका थिए।

सोहीअनुसार नियुक्ति लिएको केही दिनमै उनले आफ्नै संयोजकत्वमा एन्फाभित्र भएको अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोगसम्बन्धी उजुरीमाथि छानबिन गर्न जिम्मेवारी पाएका हुन् ।  

एन्फाविरुद्ध राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होम खेल बिक्री गरेको, राखेपको निर्देशन अवज्ञा गरेको, अवैध रूपमा भत्ता वितरण गरेको, महिला साफ च्याम्पियनसिप २०२४ का क्रममा होटेल बुकिङमा कमिसन र भ्रष्टाचार गरेको, स्वीकृतिविना वैदेशिक भ्रमण गरेको, अनुदान रकमको दुरुपयोग गरेको तथा अनावश्यक कर्मचारी नियुक्ति गरेकोलगायतका आरोप छन् । 

यस्तै, विभिन्न समयमा भएका टेन्डर प्रक्रिया प्रचलित कानुनअनुसार सञ्चालन नगरेको तथा विभिन्न प्रतियोगिताको मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ अधिकार प्रदान गर्ने क्रममा समेत अनियमितता र भ्रष्टाचार भएको आरोप उजुरीमा छ ।

सुझावित समाचार