राहदानी छपाइमा अनियमितताः पाँचजनासँग धरौटी माग, दुईजना साधारण तारेखमा रिहा

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

पासपोर्ट छपाइको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदाललते पाँचजनासँग धरौटी माग गरेको छ। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख, निर्देशक सुनील केसीसँग चार लाख, सोमेश थापासँग तीन लाख, विपिन प्रसाईंसँग तीन लाख तथा जर्मन कम्पनीका एजेन्ट मणिन्द्रकुमार मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। 

उपसचिहरू तुललसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा छाडिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्बभन्दा धेरै बिगो कायम गरी गत साता १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। 

सुझावित समाचार