आगामी आर्थिक वर्षका लागि सरकारले गाडी किन्न सेना र प्रहरीलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । गाडी किन्न सबैभन्दा बढी बजेट जंगी अड्डाका लागि ९४ करोड चार लाख विनियोजन गरिएको छ ।
त्यस्तै, सवारीसाधन खरिद शीर्षकमै सशस्त्र प्रहरी बलका लागि ५१ करोड ७५ लाख, सर्वोच्च अदालतका लागि ४० करोड ४८ लाख, सैनिक हवाई महानिर्देशनालयका लागि ३८ करोड १० लाख, प्रहरी प्रधान कार्यालयका लागि २९ करोड ५५ लाख, सूचना तथा सञ्चार मन्त्रालयका लागि १५ करोड र हुलाक सेवा विभागका लागि दुई करोड ५४ लाख विनियोजन गरिएको छ ।
गाडी किन्न सुरक्षण मुद्रण केन्द्रका लागि ७५ लाख, इलाका प्रशासन कार्यालयहरूका लागि ५७ लाख, हुलाक सेवा निर्देशनालयका लागि २५ लाख, जिल्ला हुलाकका लागि २३ लाख र समरजंग कम्पनी कार्यालयका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले भैपरी आउने विकास कार्यक्रमअन्तर्गत गाडी किन्न २० करोड रुपैयाँ विनियोजन गरेको छ ।