विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुई कर्मचारी घाइते

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

विद्युत् मर्मत गर्ने क्रममा दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा कार्यरत दुईजना कर्मचारीलाई करेन्ट लागेको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका– ८, अस्वारा शव स्टेसनबाट वितरण हुने बालापुर र भमके फिडर मर्मत गर्ने क्रममा सुपरभाइजर इन्चार्ज जितेन्द्र पुन र फोरमेन राजेन्द्र बुढाथोकी करेन्ट लागेर घाइते भएका हुन् ।

उनीहरूको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको वितरण प्रमुख सुरेशकुमार महतोले बताए । उनका अनुसार दिउँसो १२ बजेतिर यसरी करेन्ट लागेको हो । विद्युत् मर्मत गर्ने क्रममा तीनवटा फिडरमध्ये दुईवटा फिडर मात्रै ‘सटटाउन’गरेको र एउटा फिडर सर्टटाउन गर्न बिर्सेकाले करेन्ट लागेको हो ।

करेन्ट लागेपछि त्यस स्थानमा हाल विद्युत् सेवा अवरुद्ध छ । केही समयमा कर्मचारी पठाएर सेवा नियमित गर्ने तयारी रहेकोसमेत प्रमुख महतोले बताए ।

सुझावित समाचार