‘हरेक घरको खुसी घर–घरमा एलजी’ अभियान

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

 इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानलाई विस्तार गर्ने भएको छ । कम्पनीले यो अभियान काठमाडौंमा सुरु गरेसँगै देशभर विस्तार गर्ने तयारी गरेको हो । यसअन्तर्गत १५ असारमा इटहरीमा, १७ नारायणघाटमा, १९ पोखरामा, २१ बुटवलमा र २३ गते नेपालगन्जमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी एसेन्सियल सिरिजका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकताअनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउने कम्पनीले बताएको छ । 
एलजीले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा घरेलु उपकरण शृंखला एलजी इसेन्सियल सिरिज सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत सार्वजनिक इसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको बताइएको छ । 

नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । नयाँ शृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन् । 

See More On

सुझावित समाचार