‘एउटा निर्वाचनकाे परिणामबाट कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित हुँदैन’

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
‘एउटा निर्वाचनकाे परिणामबाट कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित हुँदैन’

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पूर्वराष्ट्रपति विद्या भण्डारीले कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित नहुने बताएकी छिन्।

नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको उल्लेख गर्दै भण्डारीले राजनीतिक आन्दोलनहरूको मूल्यांकन कुनै एक निर्वाचनको परिणामका आधारमा मात्र गर्न नसकिने बताइन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको बताइन्।

निर्वाचनको सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन। राजनीतिक आन्दोलनहरूको मूल्यांकन दीर्घकालीन ऐतिहासिक विकासक्रम, जनविश्वास, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्याएको योगदानका आधारमा गरिन्छ, कुनै एक निर्वाचनको परिणामका आधारमा मात्र होइन।’

सुझावित समाचार