रोयल इनफिल्डद्वारा ‘रोपाइँ महाराइड नेपालगन्ज’ सम्पन्न

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिअन्तर्गत नेपालगन्जको आधिकारिक डिलर बेस्ट एन्ड प्रालिले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यले ‘रोयल इनफिल्ड रोपाइँ महाराइड नेपालगन्ज २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ।

राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ। रोयल इनफिल्ड नेपालगन्ज साेरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ दुई सयजना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे।

कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँमा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ, मडी टग अफ वार, म्युजिकल चेयर, थारू सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वादसमेत लिएका थिए। यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको कम्पनीले जनाएको छ।

सुझावित समाचार