माइतीघरमा सुकुमवासीको प्रदर्शन

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

सुकुमवासीलाई बलजफ्ती विस्थापन गरिएको भन्दै शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शन । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमवासीलाई होल्डिङ सेन्टर छाड्न अल्टिमेटम दिएपछि उनीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

केन्द्रीय संयुक्त समितिको आह्वानमा भएको प्रदर्शनमा सहभागीले सरकारविरुद्ध नाराबाजी गरेका थिए । समितिले यसअघि पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको थियो । तर, शुक्रबार फेरि सात दिनको म्याद थपेको छ । 
 

सुझावित समाचार