इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘क्यान यू सल्भ द पजल’ प्रतियोगिताको विजेता घोषणा गरेको छ । कम्पनीले ग्राहकसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र मनोरञ्जन प्रदान गर्न यो प्रतियोगिता कन्टेस्ट सञ्चालन गरेको थियो । प्रतियोगितामा नुवाकोटनिवासी श्याम रिजाल विजेता बनेका हुन् ।
विजेता रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले ब्रिजर २२ एयर कुलर हस्तान्तरण गरे ।
प्रतियोगितामा ग्राहकको सहभागिताले सिजी ब्रान्डप्रतिको माया र विश्वासलाई पुनः प्रमाणित गरेको बताइएको छ । सिजीका उपकरण देशभरका २१ वटा आधुनिक सिजी डिजिटल सोरुमका साथै कम्पनीका आधिकारिक वेबसाइटबाट पनि उपलब्ध हुने बताइएको छ ।