रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान ४ बजेदेखि

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवशेनअन्तर्गत दोस्रो चरणको निर्वाचन आज दिउँसो ४ बजेदेखि सुरु हुने भएको छ।

नेता मनीष झाका अनुसार ६ पदाधिकारी चयनको निर्वाचन करिब ४ बजेतिर सुरु गर्ने तयारी छ। पहिलाे चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान सम्पन्न भएपश्चात् दाेस्राे चरणकाे तयारी भएकाे हाे।

उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री चयनका लागि निर्वाचन हुनेछ। नेता झाका अनुसार ६ पदाधिकारीलाई मतदान गर्न एकजना प्रतिनिधिलाई चारदेखि पाँच मिनेट लाग्ने अनुमान छ।

सुझावित समाचार