दृष्टिविहीन एकता समाजले माइतीघरमा धर्ना दिएका छन्। सरकारले दृष्टिविहीनहरूलाई सडकमा आफ्नो कला देखाएर गीत गाएर पेट पाल्ने पेसालाई निरुत्साहित गरी सडकबाट प्रहरी लगाएर उठाएपछि न्याय माग्दै मातीघर पुगेका हुन्। सडकमा काम गर्न बन्देज लगाएको हुँदा आफूलाई गाँसबास र रोजगारको व्यवस्था गरी जीविकोपार्जन सहज बनाउन तथा सरकारलाई ध्यानाकर्षण गराउन उनीहरूले माइतीघरमा धर्ना दिएका हुन्।







