हेटौँडामा नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका– ४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनिर्मित भवन आइतबार उद्घाटन गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोप्रति खुसी व्यक्त गरे । 

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा–सुविधामार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्तराज अधिकारी, हेटौँडा उपमहानगरपालिका प्रमुख (मेयर) श्रीमती मीनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, बैंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्लेलगायतको उपस्थिति थियो । यस बैंकका देशभर दुई सय ३१ शाखा, दुई सय ४६ एटिएमका साथै ६१ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् । 

सुझावित समाचार