विश्वकपमा रोनाल्डोले बनाए नयाँ कीर्तिमान

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबलमा नयाँ कीर्तिमान बनाएका छन्। ६ वटा विश्वकपमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। 

जारी विश्वकपअन्तर्गत मंगलबारको खेलमा उज्वेकिस्तानविरुद्ध गोल गरेर उनले यो रेकर्ड बनाएका हुन्। अर्जेटिनी स्टार लियोनल मेसीले ६ वटा विश्वकप खेले पनि सन् २०१० मा भने उनले एउटै गोल गरेका थिएनन्। रोनाल्डोले सन् २००६ यताका सबै विश्वकपमा गोल गरेका छन्। यद्यपि, विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान मेसीको नाममा छ। यो विश्वकपमा मात्र उनले पाँच गोल गरिसकेका छन्। 

मेसी र रोनाल्डोले सन् २००६ देखिका ६ वटा विश्वकप खेलेका छन्। ६ वटा विश्वकप खेल्ने उनीहरू मात्र दुई खेलाडी हुन्। मेसीले विश्वकपमा १८ गोल गरेका छन् भने रोनाल्डोको नाममा १० गोल छ। 

सुझावित समाचार