सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले माग गरेको छ। विशेष अदालतमा उपस्थित गराएर विभागले थुनामा राख्न म्याद मागेको हो।
पौडेलको तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन्।
बिचौलिया दीपक भट्टसँग करोडौँको संदिग्ध कारोबार देखिएपछि विभागले सोमबार उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो।