आफ्नो सम्पत्ति छानबिन गर्न जनार्दन शर्माको माग

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

पूर्वमन्त्री जनार्दन शर्माले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् ।  मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर शर्माले  सम्पत्ति छानबिन हुनुपर्ने विषय आफूले सदन र पार्टीभित्र समेत उठाएको बताउँदै यस विषयमा आफू अहिले पनि अडिग रहेको स्पष्ट पारेका छन्।

उनले पारदर्शिता र जवाफदेहिताको पक्षमा रहेको उल्लेख गर्दै सम्पत्ति छानबिन आवश्यक रहेको धारणा दोहोर्याए। तर, सरोकार नै नभएको विषयलाई जोडेर भ्रम सिर्जना गर्ने उद्देश्यले गरिएको मिडिया ट्रायलप्रति भने दुःख व्यक्त गरे।

सुझावित समाचार