भक्तपुर नगरपालिका– १, नगरकोट क्षेत्रमा सामान्य विवादका क्रममा भएको झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको मिथिला नगरपालिका– ९ स्थायी घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइली छन् ।
उनीमाथि असार ८ गते राति करिब १० बजे चक्कु प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा असार ९ गते बिहान ६:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुर त्रियुगा नगरपालिका– १३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका– ३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।