रास्वपाका प्रवक्ता मनीष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको प्रथम महाधिवेशनस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै झाले आफू महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका हुन्।
पार्टीका नेता–कार्यकर्ताहरूको राय बुझेर आफूले यो निर्णय लिएको उनको भनाइ छ। व्यवस्थापकीय अनुभव कम हुँदा बन्दसत्रमा ढिलाइ भएको उल्लेख गर्दै उनले यसकारण पनि तयार रहेको प्रस्टीकरण दिए।
‘व्यवस्थापकीय जानकारी र अनुभव थप भएको व्यक्ति चाहिने रहेछ भन्ने कुरा त आजै पनि हेर्दै छौँ हामी। तसर्थ त्यसका लागि म मानसिक रूपमा अब तयार भइसकेँ। परिणाम जेसुकै होस् म भिड्नका लागि तयार हुन्छु,’ झाले भने।