सल्यानमा एक युवक साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका छन्। सोमबार कुमाख गाउँपालिका– ६, आनन्दपुरनिवासी २९ वर्षीय युवराज खड्कालाई सल्यान प्रहरीले पक्राउ गरेको हो।
खड्कालाई शारदा नगरपालिका– ४, साइलाकम्दा क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
खड्का गत भदौको जेन–जी आन्दोलनपछि जेन–जी सल्यानको संयोजक बनेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।