राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जगदीश खरेलले महाधिवेशनपछि पार्टीमा गुट वा समूह नरहने बताएका छन्।
सोमबार महाधिवेशनस्थल चितवनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा खरेलले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्ति, समूह, गुट सबै एउटै भएर अघि बढ्ने बताएका हुन्।
‘यहाँ विभिन्न समूहबाट, विभिन्न पार्टीबाट आएकाहरू छन्। विभिन्न पृष्ठभूमिबाट आएका छन्,’ उनले भने, ‘पहिला रास्वपा असंगठित थियो होला। ती सबै साना–साना गुट, उपगुट, समूह अन्त्य भएर यो महाधिवेशनबाट एउटा ठाउँमा आउँदै छन्। अब गुट छैन पार्टीमा।’