दुई टिपरको बिचमा च्यापिँदा जेसिबी सहचालकको घटनास्थलमै मृत्यु

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– १२, ठुलीबेँसीस्थित बेतेनी बगरमा शनिबार राति दुई टिपरको बिचमा च्यापिँदा जेसिबी सहचालकको घटनास्थलमै  मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राति करिब १० बजे बा.४ख ९८२५ नम्बरको टिपरले बालुवा लोड गरी ब्याक गर्ने क्रममा त्यहाँ काम गरिरहेका जेसिबीका सहचालक पाँचखाल– ८ का १९ वर्षीय देवेन्द्र तामाङकाे दुई टिपरको बिचमा च्यापिएर मृत्यु भएको थियो। ब्याक भइरहेको टिपर र सोही स्थानमा रोकिराखिएको बा.४ ख ९९०९ नम्बरको टिपरको िचमा च्यापिँदा देवेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ हिगुवापाटी, दोलालघाट र पाँचखाल प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी निरीक्षकसहितको टोली पनि खटिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै टिपरका झ्याल तथा ढोकाका सिसामा क्षति पुगेको छ। दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा संलग्न बा.४ख ९८२५ नम्बरको टिपरका चालक ललितपुरको गोदावरी नगरपालिका– ६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

 

See More On

सुझावित समाचार