नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबिच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार यस बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार उक्त सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलो अस्पतालले उपलब्ध गराउने उच्चस्तरीय स्वास्थ्य सेवामा सहुलियतसहित पहुँच प्राप्त गर्नेछन् ।
हाल यस बैंकले देशभरका दुई सय ३१ शाखा, दुई ४६ एटिएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।