एनआइसीद्वारा विद्यार्थीलाई पोसाक वितरण

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक प्रदान गरेको छ । बैंकले विद्यार्थीको पठनपाठनलाई सहज बनाउन तथा विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ ।

हाल उक्त विद्यालयमा एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दाहाल तथा प्रधानाध्यापक रामप्रसाद घिमिरेलाई पोसाक हस्तान्तरण गरेका हुन् ।

अरनिको एल्मुनाई एसोसिएसनको सहजीकरणमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो । यो सहयोगले विद्यार्थीको शैक्षिक गतिविधिमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

सुझावित समाचार