नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । बैंकले सातै प्रदेशमा योग कार्यक्रम गरी योग दिवस मनाएको छ । कार्यक्रममा बैंकका सबै प्रदेशका कर्मचारीले सहभागिता जनाएका थिए । कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्घि गर्नु रहेको बैंकले जनाएको छ ।
कार्यक्रमले कर्मचारीलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको बताइएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीलगायत अन्य वरिष्ठ पदाधिकारी तथा डेढ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
यस किसिमको पहलबाट कर्मचारीको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्याउने विश्वास बैंकले लिएको छ । बैंकका एक सय तीन शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, एक सय २७ एटिएम कार्यालय सञ्चालनमा छन् ।