चितवनमा आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ। स्थापनापछि पहिलोपटक संगठनात्मक परीक्षाका रूपमा हुन लागेको महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक कार्यदिशासमेत तय गर्नेछ।