प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथि सांसदहरू खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्कराज राई, गंगालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी, गुरुप्रसाद बरालले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए ।