बर्दियामा पाँच वर्षका चार सय ३३ जनाले गुमाए ज्यान

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

बर्दियामा पाँच वर्षमा चार सय ३३ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा, प्राकृतिक विपत्, करेन्ट लागेर र वन्यजन्तुको आक्रमणबाट पाँच वर्षमा चार सय ३३ जनाले  ज्यान गुमाएका हुन् ।

सडक दुर्घटना, प्राकृतिक विपद र वन्यजन्तुको आक्रमण करेन्ट लागेर हुने मानवीय क्षति रोक्नका लागि सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दै आएका छन् । तर, पनि मानवीय मृत्यु तथा घाइते हुने क्रम रोकिएको छैन्। मानवीय मृत्यु र घाइते हुनुमा कतिपय व्यक्तिगत कारण रहेका छन् भने कतिपय घटना लापरबाहीले  हुने गरेको छ । बर्सेनि हुने मानवीय क्षति रोक्न व्यक्ति स्वयं पनि सक्रिय हुने पनि हुन्छ । भने चेतनाका कमी भएको स्थानमा सरोकारवाला निकाय पनि लाग्नुपर्ने हुन्छ । यस्तै, कतिपय मानवीय क्षति घटना रोक्नका लागि कारणको पहिचान गरेर रोकथामका उपाय रोज्नुपर्ने हुन्छ । 

जिल्ला विपत् व्यवस्थापन समितिको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ देखि चालू आर्थिक वर्ष  ०८२/८३  को जेठसम्म दुर्घटनामा परी एक सय ९१ जनाको, बाढी र डुबानमा परेर एक सय १९ जनाको, करेन्ट लागेर ४५ जनाको, बाघको आक्रमणबाट २० जनाको, चितुवाको आक्रमणबाट १४ जनाइको, सर्पदंशलाई १२ जनाको, आगलागीमा परेर  १२ जनाको, हात्तीको आक्रमणबाट ८ जनाको  हावाहुरीले ६ जना, चट्याङ लागेर ३ जनाको, गोहीको आक्रमणबाट २ जनाको  र गैँडाको आक्रमण १ जनाको मृत्यु  भएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ देखि चालू आर्थिक वर्ष २०८२/०८३ को जेठसम्म सडक दुर्घटनामा परी दुई हजार ३६ जना, बाढी र डुबानले  १३ जना, करेन्ट लागेर ३० जना, सर्पदंशलाई ४५ जना,  आगलागीले ३६ जना , हावाहुरीले  ५ जना , चट्याङ ४ जना, बाघको आक्रमणबाट ४ जना  चितुवाको आक्रमणबाट  ५२ जना, हात्तीको आक्रमणबाट १७ जना, गैँडाको आक्रमणबाट  ७ जना, गोहीको आक्रमणबाट २ जना बँदेलको आक्रमणबाट ५ जना घाइते तथा बाढी/डुबानमा परेर ४ जना बेपत्ता  भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।  

प्राकृतिक विपदको उच्च जोखिम रहेको स्थानका समुदायलाई सचेत बनाउनका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल सेना, शसस्त्र प्रहरी बल, लगायत सरोकारवाला निकायले समुदाय स्तरमा विभिन्न कार्यक्रम गरिरहेको छन् । भने प्राकृतिक विपदबाट जोगिनका लागि सरकार पनि विभिन्न सञ्चार माध्यमबाट सन्देश प्रवाह गरिरहेको हुन्छ। 

वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि समुदाय स्तरमा  सचेतना मूलक कार्यक्रम, आयआर्जनका लागि गोठ सुधार, विभिन्न सीपमूलक तालिम, मेषजाली सहितको तारबार, सोलार फेन्स, विद्युतीय फेन्स, वन्यजन्तु आएपछि समुदायलाई जानकारी दिन  साइरन जडान, ककिन्ट वाला, लगायतका उपायहरू अपनाउने गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज जनाएको छ ।

सवारी दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले ट्राफिक चिह्नको प्रयोग, सडक यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी चालक, पैदल यात्री र विद्यार्थीसँग पुगेर सचेतना मूलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख प्रहरी  निरीक्षक सन्दीप बेलबासेले बताए । उनले भने , ‘सडक दुर्घटना हुन नदिन जोखिमपूर्ण स्थानमा नियमित र छड्के जाँच गर्नुका  साथ ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाही गर्ने गरिएको छ ।’

सुझावित समाचार