नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्टससँग सहप्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्टस् टिभी तथा डिगो एपमार्फत सहभागी रहनेछ।
सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, ‘यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौँ।’