कुमारी क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

कुमारी क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण (एएमल) तथा आतंकवादमा वित्तीय लगानी निवारण (सिएफटी)सम्बन्धी तालिम दिइएको छ । एएमएल नेपालको आयोजनामा कुमारी क्यापिटलका कर्मचारीलाई धितोपत्र बजारकेन्द्रित एकदिने एएमएल–सिएफटी तालिम सम्पन्न गरिएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल–सिएफटीसम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय एएमएल–सिएफटी अवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपालको निर्देशनअनुसार बजार मध्यस्थकर्ताको भूमिका तथा जिम्मेवारीका साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षालगायतका विषयमा प्रस्तुति दिइएको थियो । 

तालिमको सहजीकरण श्रीधर अधिकारी र लेखनाथ पोख्रेलले गरेका थिए । कार्यक्रममा सहभागीले धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौती तथा उत्कृष्ट अभ्यासबारे छलफल गरेका थिए । 

सुझावित समाचार