सांसद निस्कल राईले गुणस्तर परीक्षणको नाममा भारतले नेपाली चिया निर्यातमा विभिन्न अवरोध सिर्जना गरेपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले चिया फ्याक्ट्रीहरूमा ताला लागेको तीन दिन भइसकेको र उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको बताए । चिया टिप्ने श्रमिक र उद्योगमा कार्यरत श्रमजीवीहरूको रोजगारी प्रभावित भएको भन्दै उनले उद्योगीहरूले बैंकबाट लिएको ऋणको ब्याज तिर्नसमेत समस्यामा परेकाे बताए ।
सांसद राईले चिया उद्योगलाई देशको अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा उल्लेख गर्दै वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यको तयारी चिया निर्यात हुने क्षेत्र संकटमा पर्दासमेत सरकार गम्भीर नदेखिएको आरोप लगाए।
उनले प्रधानमन्त्रीको ध्यान चिया उद्योगी, किसान र श्रमिकका समस्यातर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।