छनोट मापदण्डविरुद्ध पौडी खेलाडी सर्वोच्चमा

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिपका क्रममा एसियाली खेलकुद छनोटको मापदण्ड अन्तिम समयमा परिवर्तन गरिएको भन्दै सहभागी खेलाडी सर्वोच्च अदालत पुगेका छन् ।

नेपाल पौडी संघले वैशाख १० गते जारी गरेको सूचनामा प्रतियोगितालाई एसियाली खेलकुदको प्रि–क्वालिफिकेसनका रूपमा उल्लेख गर्दै महिला र पुरुषतर्फ आठ–आठ खेलाडीलाई अन्तिम छनोट चरणमा लैजाने जनाएको थियो ।

तर, प्रतियोगिताको दोस्रो दिन जेठ २४ गते बिहान नयाँ सूचना जारी गर्दै प्रतियोगितालाई नै अन्तिम छनोटमा परिणत गरिएको तथा छनोट हुने खेलाडीको संख्या आठ–आठबाट घटाएर दुई–दुईमा सीमित गरिएको खेलाडीको आरोप छ ।

सुझावित समाचार