डिएभी कलेजका विद्यार्थीको चार तलाबाट खसेर मृत्यु

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

ललितपुरको जावलाखेलमा रहेको डिएभी कलेजका बिद्याथीको चार तलाबाट खसेर मृत्यु भएको छ। काठमाडौंको गौशालानिवासी १८ वर्षीय आर्यन सिंहको सोमबार साँझ मृत्यु भएको हो। उनले आफैँ हाम फालेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ। 

सोमबार दिउँसो १२ बजेको समयमा उनी कलेजको चार तलामाथिको छतबाट खसेका थिए। उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले बताए। शवको पोस्टमार्टम गरी विस्तृत अनुसन्धान भइरहेको उनी बताउँछन् । उनको कपीमा पनि ‘सुसाइड नोट’ भेटिएको र त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका परिवारले प्रहरीमा जाहेरी दिएर मंगलबार शव बुझेका छन्। 

सुझावित समाचार