आगलागीमा परी १५ लाखको क्षति

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

मन्थली नगरपालिका– १, खाँदबारीमा रहेको एक होटेलमा गएराति भएको आगलागीमा परी १५ लाख मूल्यबराबरको सामग्री जलेर नष्ट भएको छ। रामेछाप नगरपालिका– २, देउराली स्थायी घर भई हाल सदरमुकाम मन्थलीमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका गोपाल श्रेष्ठको जस्ताले छाना भएको उक्त होटेलमा बिजुली सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट नगद एक लाख, ६ तोला सुन, कपडा, भाँडावर्तन, खाद्यान्न र लत्ताकपडा गरी करिब १५ लाख मूल्यबराबरको सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी सहायक निरीक्षक सुजित पासवानले जानकारी दिए ।

होटेलमा अकस्मात् लागेको आगो स्थानीयहरूले निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेपछि मन्थली नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा आए तापनि होटेलभित्र रहेका सम्पूर्ण सामग्री भने जलेर नष्ट भएको होटेल व्यवसायी श्रेष्ठले जानकारी दिए । 
 

See More On

सुझावित समाचार