टिसिएलका पार्टी स्पिकर सार्वजनिक

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

विश्वकप फुटबलको माहोललाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले बजारमा नयाँ पोर्टेबल पार्टी स्पिकर टिपी–२०० के र टिपी–३०० के सार्वजनिक गरेको छ । कम्पनीका अनुसार शक्तिशाली अडियो, आकर्षक लाइट सो र आधुनिक कनेक्टिभिटी सुविधासहितका यी स्पिकर खेलप्रेमी तथा मनोरञ्जनका पारखीलाई लक्षित गरी बजारमा ल्याइएको हो ।

टिसिएलले फुटबल समर्थकलाई घरमै स्टेडियमजस्तै ध्वनि अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ स्पिकर सार्वजनिक गरेको जनाएको छ । गोलको गर्जन, दर्शकको उत्साह र कमेन्ट्रीको रोमाञ्च यी स्पिकरमार्फत अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिने कम्पनीको भनाइ छ । टिपी–२०० के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीका लागि उपयुक्त रहेको बताइएको छ । यसमा २२० वाट अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा पाँचवटा डायनामिक लाइट सो मोड उपलब्ध छन् ।

त्यसैगरी, टिपी–३०० केमा ३४० वाटसम्मको अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइम सुविधा उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो मोडेल ठुला जमघट तथा आउटडोर सेलिब्रेसनका लागि उपयुक्त हुनेछ । यसमा आठवटा लाइट सो मोड समावेश गरिएको जनाइएको छ ।दुवै मोडेलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक तथा आइपिएक्स–४ वाटर रेसिस्टेन्स सुविधा समावेश गरिएको छ ।

See More On

सुझावित समाचार