प्रहरी कार्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग सामग्री

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक पर्ने कार्यालय सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन उक्त सहयोग गरेको बताइएको छ । 

बैंकले दाङको घोराही, धादिङ, काँकडभिट्टा र झापाका जिल्ला प्रहरी कार्यालय तथा र बाँकेको साईगाउँ प्रहरी चौकीलाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री हस्तान्तरण गरेको हो । साथै, ट्राफिक जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियालाई रोड डिभाइडर र सचेतनामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाको क्षमता अभिवृद्धिमा योगदान पुग्नेछ । 

सुझावित समाचार