कास्की, पर्सा र रुपन्देहीमा रवि लामिछानेको अभियोग संशोधन गर्न अनुमति

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग संशोधनका लागि अनुमति दिएको छ। जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोग संशोधनका लागि सरकारी वकिल कार्यालयलाई अनुमति दिएको हो। जिबी राईको समूहले सञ्चालन गरेको बुटवलको सुप्रिम सहकारीको ठगीमा लामिछानेलाई पनि प्रतिवादी बनाइएको थियो। 

यसअघि कास्की र पर्सा जिल्ला अदालतले अभियोग संशोधनका लागि अनुमति दिइसकेको छ। अब ती जिल्लामा उनीलगायत अभियुक्तविरुद्ध सहकारी ठगीको मुद्दा मात्र कायम छ। 
काठमाडौं जिल्ला अदालतमा भने ठगी र संगठित अपराधको मुद्दा कायमै छ। चितवनमा पनि मुद्दा दायर भएकोमा सहकारी ठगीको मात्र दायर भएको थियो।  

जिबी राईको समूहले सञ्चालन गरेको सहकारीको रकम गोर्खा मिडियामा लगेर खर्च गरेको आरोपमा लामिछानेविरुद्ध पाँच जिल्लामा मुद्दा दायर गरिएको थियो। 

यो मुद्दामा अपराधभन्दा धेरै अभियोजन भएको र त्यसबाट पीडितले बचत फिर्ता पाउने सम्भावना कठिन हुने भन्दै महान्यायाधिवक्ता कार्यालयले चार महिनाअघि अभियोग संशोधन गर्ने निर्णय गरेको थियो। 

सुझावित समाचार