मकालुको आइपिओ बिक्री प्रबन्धक रिलायबल इन्भेस्टमेन्ट

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

 मकालु वाइनले सर्वसाधारणमा सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा मकालु वाइनका अध्यक्ष पीताम्बर पोख्रेल र रिलायबल इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । मकालुले आइपिओ जारी गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार जारी पुँजीको २० प्रतिशतबराबर प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।

सुझावित समाचार