सिन्धु विकास बैंक र शिर मेमोरियलबिच छुट सम्झौता

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

 सिन्धु विकास बैंक र शिर मेमोरियल एड्भेन्टिस्ट अस्पतालबिच बैंकका कर्मचारी तथा ग्राहकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी तथा अस्पतालका प्रमुख प्रशासनिक अधिकृत सूर्यप्रभा शाक्यले हस्ताक्षर गरेका हुन् । 

यसअनुसार बैंकका कर्मचारी तथा खातावालाले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् । दुवै संस्थाले यस सहकार्यबाट गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै कर्मचारी तथा ग्राहकको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बैंक र अस्पतालबिच भएको यस सम्झौताबाट सेवाग्राहीले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।बैंकले ग्राहककेन्द्रित सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको जनाएको छ ।

सुझावित समाचार