बर्दियामा चक्कु प्रहारबाट युवती घाइते

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

बर्दियाको राजापुर नगरपालिकामा चक्कु प्रहारबाट युवती घाइते भएकी छिन्। राजापुर  नगरपालिका– ३,  टेडियाकी  २१ वर्षीया दिपासा थारू चक्कु प्रहारबाट घाइते भएकी हुन्।

राजापुर बजारमा रहेको पसलबाट घर फर्किँदै गर्दा रंगशालानजिक दिपासालाई एक युवकले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट घाइते भएकी दिपासाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र राजापुर भएको छ। चक्कु प्रहारबाट घाइते भएकी दिपासाको बायाँ गालामा चोट लागेको छ। घाइते दिपासाको बायाँ गालामा १० वटा टाँका लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरले जनाएको छ।

घाइते दिपासाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
 

सुझावित समाचार